सप्तकोसीमा पर्यटन बिकासमा मधेश प्रदेश सरकार र स्थानीय सरकारको भुमिका बिषयक अन्तरक्रिया
खगेन्द्र कार्की
सप्तकोसी/सप्तरीको सप्तकोशी नगरपालिका २ मा रहेको गो बै ज माविमा पर्यटन बिकासमा मधेश प्रदेश सरकार र स्थानीय सरकारको भुमिका बिषयक अन्तरक्रिया सोमबार सप्पन्न भएको छ।
मधेश प्रदेशका गृह सन्चार तथा कानुन मन्त्री राजकुमार लेखिको पहलमा सप्तकोसी नगरपालिकाको आयोजना भएको अन्तरक्रिया कार्यक्रम सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको अध्यक्ष तथा मधेश प्रदेश सरकारका भौतिक पुर्वधार योजना मन्त्री सरोज यादवको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादबले भने प्रदेश सरकार पन्च बर्षिय आबधिक योजना बनाएर मधेस प्रदेश सरकार अगाडि बढेको र प्रदेशका सम्पुर्ण समस्या समाधान गर्दै पर्यटन बिकास र पुर्वधार निर्माण लगायत समग्र बिकासको निम्ति प्रदेश सरकार गम्भीर भएर लाग्ने बताउदै ७ बर्षमा प्रदेश सरकारले नगरेको काम बर्तमान सरकारले गरेको बताए ।
यो आ ब मा सप्तकोसी नगरपालिकालाई आउने ससर्त अनुदानको बजेट गत बर्ष भन्दा यसपटक बढाएर दिने प्रतिबद्धता जनाउदै प्रदेश सरकार स्थानीय सरकार संग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छ्न।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारको पञ्च वर्षिय योजनामा जिल्लाको विभिन्न स्थानहरुलाई सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकिय प्रवर्द्धनका लागि प्रदेश सरकार लागि परेको बताउदै जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल भने बिगत ७ बर्षमा नभएको काम बर्तमान सरकारले गरेको र प्रदेशमा युवा तथा खेलकुद सम्बन्धि महत्त्वपूर्ण कार्ययोजना ल्याइ खेलकुद ऐन पारित गर्दै खेलकुदमा परिवर्तन गरिने बताए।कार्यक्रम मा बोल्दै उधोग तथा पर्यटन मन्त्री सकिल मियाले भने मधेश प्रदेश पर्यटकिय हिसाबले प्रचुर सम्भावना रहेकोले पर्यटन प्रबर्द्धनमा मन्त्रालय गम्भीर भएर लाग्ने बताए ।
पर्यटन बिकासमा मधेश प्रदेश सरकार र स्थानीय सरकारको भुमिका बिषयक अन्तक्रिया कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले नगर भित्र रहेका विभिन्न पर्यटकिय स्थलहरु एतिहासिक चन्द्र नहर संरक्षण र सौर्न्दर्यकरण , त्रियुगा नदि मा करिडोर निर्माण गर्दै नदि नियन्त्रण जुटपानी पर्यटकिय स्थल,कमलदह पर्यटकिय स्थल मेगजिन चौरासीया लगायत स्थलहरुलाइ पर्यटकीय स्थलकोरुपमा बिकास गर्न र कोशी टप्पु बन्यजन्तु आरक्षण लाई संरक्षण गर्दै बन्यजन्तु नियन्त्रण र मयरनि खाता संरक्षण अमाहा ट्याग्रा लगायतका खोला नियन्त्रणमा पहल गर्न प्रदेश सरकार लाई आग्रह गर्दै कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका छ्न।
कार्यक्रममा राष्ट्रिय सभा निबर्तमान सदस्य तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेल,सप्तकोसी नगरपालिकाका निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा सप्तकोसी नगरपालिकाकि उपप्रमुख रिताकुमारी चौधरी सप्तकोसी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु विभिन्न पार्टीका नगर अध्यक्ष तथा विभिन्न संघसस्थाका प्रमुख, स्थानीय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
मन्त्री लेखीले यस अघि पर्यटन प्रबर्द्धनका लागि असोज १४ गते प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहलाई आयोगको पञ्च बर्षिय योजना तयार भई स्वीकृत हुने चरणमा रहेको हुदा जिल्लाको कोशी टप्पु बन्य जन्तु आरक्षण क्षेत्र सँग जोडिएका पर्यटकिय सम्भावना बोकेका सप्तकोशी नगरपालिकाको फत्तेपुर, सिद्दिपुर, सखुबनीहुँदै हनुमाननगर कंकालिनी सम्मको करीब २५ किलोमिटरको क्षेत्रलाई पर्यटकिय करिडोरको रुपमा बिकासको मागसहित ध्यानाकर्षण पत्र बुझाइ सकेका छ्न।