बागीन्युज संवाददाता

धरान, चैत्र १५ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को आयोजनामा जारी पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान धरानको वडा नं. ४, ५ र ११ मा सम्पन्न भएको छ ।

पार्टीले गत फागुन १ गतेदेखि वडा वडामा अभियान सञ्चालन गर्दै आएको छ । सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट शुरुवात भएको अभियान बराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ तथा धरान उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, १४, १५, १६, १७, १८, १९ र २० मा सम्पन्न भईसकेको छ ।

कार्यक्रममा क्षेत्रिय सभापति सुजेन्द्र तामाङले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमा जागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले संगठनलाई मर्यादित, अनुशासित बनाउने तथा जनता र कार्यकर्ताप्रति स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायी बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयो । अभियानले जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाई संगठनलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।
तस्विर : सुजेन्द्र तामाङबाट
………..

Facebook Comments Box