त्रियुगा सहकारि डिपार्टमेन्ट स्टोर द्वारा राखिएको लक्की ड्र को नतिजा सार्बजनिक
![](https://saptakoshiserofero.com/wp-content/uploads/2022/11/ads.png)
सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारि सस्थाको डिपार्टमेन्ट स्टोर द्वारा राखिएको लक्की ड्र को नतिजा सोमबार सार्बजनिक गरिएको छ। त्रियुगा सहकारी डिपार्टमेन्ट स्टोर बाट चाड पर्व लक्षित गरि एकमुष्ट ३५०० बराबरको सामान खरिद बापत राखिएको भाग्यशाली कुपन उपहार प्राप्तगर्ने लक्की ड्र बाट १०८ जना भाग्यशाली सामान खरिद कर्ता हरुलाइ विभिन्न पुरस्कार बितरण गरिएको छ।
लक्की ड्र मार्फत प्रथम हुने शुन्दरपुरकि अञ्जली बस्नेतले चार्जेवल इलेक्ट्रोनिक साइकल प्राप्त गरिन द्धिति पुरस्कार सप्तकोसी १ का कल्याण बस्नेतले इन्डक्सन चुलो र तृतीय हुने सप्तकोसी ८ का सन्जिब चौधरीले प्रेसर कुकर प्राप्त गरेका छ्न।सान्त्वना पुरस्कार प्राप्त गर्ने १०५ जनाले ब्ल्याङ्केट,कुर्सी,साबुन, चाउचाउ, बिस्कुट चक्लेट प्राप्त गरेका छ्न।लक्की ड्र मार्फत प्रथम द्धितिय तृतीय र सान्त्वना पुरस्कार बिजेताहरुलाइ सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल उप प्रमुख रिताकुमारी चौधरी वडा न १ का वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल, त्रियुगा बहुमुखी सहकारी सस्थाका संचालक समिति अध्यक्ष चन्द्रशेखर चौधरी, त्रियुगा बहुमुखी सहकारी सस्थाका नि बर्तमान संचालक समिति अध्यक्ष तथा सल्लाहकार समिति संयोजक शम्भु बहादुर खडका सल्लाहकार खगेन्द्र कार्की सल्लाहकार मन्जु पोखरेल लगायतले पुरस्कार बितरण गरेका थिए।
त्रियुगा सहकारी डिपार्टमेन्ट स्टोर बाट तिज देखि छठ सम्म एकमुष्ट ३५०० को समान खरिद गर्ने २८२ जनाले भाग्यशाली कुपन प्राप्त गरेको त्रियुगा सहकारीका संचालक समिति अध्यक्ष चन्द्रशेखर चौधरीले जानकारी दिए।
![](https://saptakoshiserofero.com/wp-content/uploads/2022/12/ad-here-1.gif)