तीर्थ कार्की
धरान, चैत्र १९ । नेकपा माओवादी केन्द्र धरान उप–महानगर समितिले आगामी बैशाख–३० गते हुन गई रहेको स्थानिय तहको निर्वाचनका लागि १ हजार १ सय ९९ सदस्यिय निर्वाचन परिचालन मुल समितिको घोषणा गरेको छ ।

शनिबार धरानमा एक कार्यक्रमको आयोजना गरी पार्टीले सो घोषणा गरेको हो । धरान–१५ स्थित चुम्लुङ भवनमा पार्टीका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य किरण कुमार राईको संयोजकत्वमा समिति घोषणा गरिएको हो । समितिका सदस्य सचिव एवं धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ) ले निर्वाचन परिचालन मुल समिती घोषणा गर्नुभयो ।

कार्यक्रममा संयोजक राईले कुन पार्टी ठिक बेठिक भनेर नअलमलिकन देशको स्वाभिमान र समृद्धिको निम्ति स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन आवश्यक रहेको बताउनुभयो । पार्टीका १ नं. प्रदेश समिति सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज मुक्सामहाङ मेन्याङ्वोले नेकपा माओवादी क्रान्तिबाट बिचलित नभएको बताउदै माओवादीकै एजेन्डामा देश अघि बढिरहेको बताउनुभयो । पार्टी प्रदेश निर्वाचन प्रमुख राजेन्द्र किराती, धरान नगर अध्यक्ष सुर्य बहादुर भट्टराई(मनोज), प्रदेश समिति सदस्य एवं सुनसरी जिल्ला सह–इन्चार्ज अइन्द्र बिक्रम बेघा लगायतले स्थानिय तहको निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धामा जाने गरी क्रियाशिल रहन कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । सो अवसरमा ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिका सदस्यहरुलाई सम्मान पत्रले सम्मान गरिनुका साथै सपथ ग्रहण गराईएको थियो ।

(तस्विर सहित)
……..

Facebook Comments Box