सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ११ भगनीमा विहिबार राति आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।                                                                  राती ११ बजे राती आगलागीमा परि भगनिका फुलदेश्वर माझी र विन्देश्वर माझीको दुई तले काठको घर जलेर नष्ट भएको छ।
आगलागीमा परि माझी परिवारको १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको । क्षति बारे थप विवरण संकलनको कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।
सप्तकाेशी नगरपालिका र कञ्चनपुरका नगरपालिकामा वारुणयन्त्र नहुदा आगो नियन्त्रणमा समस्या भएको स्थानीयले गुनासो गरे सप्तकोसी र छिमेकी पालिका कन्चरुपमा बारुणयन्त्र नहुदा हनुमाननगर कंकालिनी नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन । हनुमाननगर कंकालिनी नगरपालिकाको बारुण यन्त्र घटना स्थलमा आइपुग्दा सम्म सम्पुर्ण घर जलेर नष्ट भैसकेको स्थानीयले बताए।

Facebook Comments Box