पत्रकार र मिडिया प्रबर्द्धनको बिषयमा आफू गम्भीर रहेकाे:मन्त्री लेखि
सप्तकोसी/मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकार र मिडिया प्रबर्द्धनको बिषयमा आफू गम्भीर रहेकाे बताएका छ्न । सप्तरीकाे सप्तकाेसी नगरपालिका ४ तुलसी चौक मा शुक्रबार मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आयोजित पत्रकार आचारसंहिता पालना बिषयक गाेष्ठीलाई संवाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मन्त्री लेखीले जहिले देखि आफु मधेस सरकारको मन्त्रीमण्डलमा पुगे तेहिबेला देखि पत्रकारहरूकाे हीत र मिडिया प्रबर्द्धनको बिषयमा आवाज उठान गर्दै आएको बताए । सञ्चारकर्मीहरूकाे समस्या, पिडाकाे बारेमा र सम्बन्धित मन्त्रालयकाे जिम्मेवारमा रहेको हिसाबले र आफू संचारकर्मिहरुको मर्म र पिडा बुझेकाले संवेदनशिल भएर मिडिया र संचारकर्मिहरुको हितमा काम गर्ने बताए।
कार्यक्रममा बोल्दै मन्त्री लेखिले भने सरकार स्थिर रहे आफुले चालेको कदम पूरा गरेर छाड्ने पत्रकारहरूलाई हीत हुने काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले भने राज्यको चौथो अंग मानिने पत्रकारहरुले पत्रकार आचारसंहितामा रहेर तथ्यका आधारमा जनतालाई सहि सूचना सम्प्रेषण गर्न आग्रह गर्दै पत्रकारहरुले घटना, परिघटना, औपचारिक कार्यक्रमकाे मात्र समाचार नलेखेर समाजमा रहेका ऐतिहासिक सम्पदा बिकास निर्माण र राष्ट्र , राष्ट्रियताकाे बिषयमा समाचार लेखि दिन आग्रह गरे।
कार्यक्रममा बोल्दै मधेस प्रदेशकि माननीय किरण कुमारी साहले पत्रकारहरूकाे समस्याप्रति राज्य संवेदनशिल नभएका कारण याे पेशा धारासाही बन्दै गएकाे बताइम । यस्तै नीति आयोगका सदस्य माननिय डा. शिला मिश्रले पत्रकारहरूकाे सेवा सुविधामा प्रदेश सरकारले नीति निर्माणकाे काम अघि सारेकाे बताइन । कार्यक्रममा बोल्दै आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यासुन्दर यादवले प्राधिकरण जहिले पनि पत्रकार र मिडिया प्रबर्द्धनको कार्यमा लागि परेको भएता पनि प्रदेशमा मिडिया सम्बन्धि बजेट र प्राधिकरणमा कर्मचारी अभाबले सोचेअनुरुप काम गर्न नसकिएको बताए। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले मधेश प्रदेश सरकार पत्रकारहरूकाे हीतमा संवेदनशिल बन्नुपर्ने आग्रह गर्नुभयो ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलास दासकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले पत्रकार आचारसंहिता पालना सम्बन्धि प्रशिक्षणमुलक जानकारी गराएका थिए। कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पत्रकार र मिडियाकाे अवस्था, गतिविधि तथा समस्या लगायत बारेमा संचार मन्त्री, मिडिया काउन्सिल तथा आमसन्चार प्राधिकरण लाइ जानकारी गराएका थिए ।