धरान माओवादीद्धारा टोल कमिटी गठनलाई तिब्रता



बागीन्युज संवाददाता
धरान, चैत्र २१ । नेकपा माओवादी केन्द्र धरान उप–महानगर समितिले टोल कमिटी गठनलाई तिव्रता दिएको छ ।
आगामी बैशाख–३० गते हुने स्थानिय तहको चुनाबमा जित सुनिश्चित गर्नका लागि शनिबार निर्वाचन परिचालन मुल समितिको घोषणा गरेसँगै वडामा टोल कमिटी गठन शुरु गरेको निर्वाचन परिचालन मुल समितिका सदस्य सचिव एवं नगर इन्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ) ले जानकारी दिनुभयो ।


सोमबार धरान–१६ स्थित लोकतान्त्रिक बस्तिमा शुक्रराज तामाङको अध्यक्षतामा ४० सदस्यिय टोल कमिटी गठन गरिएको वडा नम्बर–१६ निर्वाचन परिचालन समितिका संयोजक एवं नगर सह–सचिव खेम रनपहेलीले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा मनमाया निरौला, सचिवमा सीमा शाह, सदस्यहरुमा शान्ता तामाङ, बिष्णु कुमार लिम्बू, तुलसा कार्की, अनिता धिमाल, पुष्पा भुजेल, पारस कटवाल लगायत रहनुभएको छ । कार्यक्रममा पार्टीका प्रदेश नं. १ सल्लाहकार चन्द्र राई, नगर सह–सचिव खेम रनपहेली, नगर सदस्य तिर्थ कार्की, प्रदेश पुस्तकालय तथा अभिलेख बिभागका उप–प्रमुख निर्मला शिवाकोटी, नगर सदस्य डि.बि.गुरुङ लगायतले नव गठित समितिलाई खदा र अबिर लगाएर बधाइ तथा शुभकामना दिनुभयो ।
……….



