वाईसिएल धरान नगरको अध्यक्षमा नवीन केसी






तीर्थ कार्की
धरान, चैत्र २६ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल धरान उप–महानगर समितिको अध्यक्षमा नवीन केसी निर्वाचित हुनुभएको छ ।


शनिबार सम्पन्न लिगको ५ औ नगर अधिवेशनले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न अधिवेशनले ७९ सदस्यिय नगर समिति सर्बसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको बैठक सोमबार बस्ने र बाँकी पदाधिकारी टुङ्ग्याउने नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिनुभयो ।
संगठनको विधान अनुसार नगरसमितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ७ सह–सचिव र १ कोषाध्यक्ष सहित १३ सदस्यिय पदाधिकारी रहने व्यवस्था रहेको पुर्व केन्द्रिय सदस्य चिन्तन भूजेलले जानकारी दिनुभयो । अधिवेशन बन्दसत्रमा संगठनका निवर्तमान अध्यक्ष बिजय लामाले मौजुदा समिति बिघटन भएको घोषणा गर्नुभयो । नवनिर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य किरण राई, पार्टीका प्रदेश नं. १ सदस्य एवं सुनसरी इन्चार्ज मुक्सामहाङ मेन्याङ्वो(मुकेश), प्रदेश नं. १ सदस्य एवं सुनसरी सह–इन्चार्ज अइन्द्र बिक्रम बेघा, पार्टीका धरान नगर अध्यक्ष सुर्य बहादुर भट्टराई(मनोज), नगर इन्चार्ज चोत्लुङ, वाईसिएल केन्द्रीय सदस्य भुवन याक्खा, प्रेस सेन्टरका केन्द्रीय सदस्य गंगा बराल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।


कार्यक्रममा पार्टीका नेताहरु साबित्रा चौलागाई, लक्ष्मी प्रधान, उद्धव लिम्बू, जीवन राई, बिदुर महत, खेम रनपहेली लगायतको उपस्थिती रहेको थियो । नवनिर्वाचित कार्यसमितिलाई पार्टीका केन्द्रीय सदस्य किरण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।
अधिवेशन उदघाटन अघि संगठन आवद्ध युवाहरुको वृहत् मोटरसाईकल ¥यालीले धरान नगर परिक्रमा गरेको थियो । ¥याली सिंहदेवीचोकबाट छाताचोक, भानुचोक, देशिलाईन, सदन रोड हुँदै सदनसभा हल पुगेर कार्यक्रममा परिणत भएको थियो ।
तस्विरहरु सहित
…………..

