सप्तकोसी मा दलहरु लाइ उम्मेद्बारी छान्न सकस :- ५ दलिय गठबन्धन को सम्भावना न्युन



खगेन्द्र कार्की :फत्तेपुर-सप्तरीको सप्तकोसी नगरपालिकामा स्थानीय तहको निर्वाचनमा दलहरु लाइ उम्मेद्बारी छान्न सकस परेको छ। सप्तकोसी नगरपालिका मा रहेका विभिन्न राजनैतिक दल हरु बाट मेयर, उपमेयर ,वडा अध्यक्ष लगाएत का पद मा उम्मेद्बारी को आकाङ्क्षा राख्ने हरु धेरै भएका कारण दलहरु लाइ आ आफ्नो पार्टी बाट उम्मेद्बारी छान्न सकस परेको स्थानीय एक नेताले बताए नगरप्रमुख पदमा विभिन्न पार्टी बाट एक दर्जन ब्यक्तिको नाम चर्चा मा रहेको छ । बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणासँगै बिभिन्न पार्टीबाट उम्मेदवारहरुको नाम चर्चा हुन थालेको हो ।स्थानीय राजनैतिक दलहरु चुनावी तयारीका लागि ब्यस्त हुन थालेका छन् । चुनावी चहलपहलसँगै दलहरुले साँगठनिक गतिविधिलाई तीब्र पारेका छन् । एकै पदमा धेरै संख्यामा उम्मेदवारहरुले आकाँक्षा राखेपछि दलहरु उम्मेदवारहरुलाई मिलाएर सर्वसम्मतका लागि आन्तरिक कसरत र छलफललाइ तीब्र रुप दिएका छन ।
सप्तकोसी नगरपालिकामा नेकपा एमाले पार्टीबाट वर्तमान नगर प्रमुख उत्तम कुमार शर्मा र पारस दहाल गरि दुइ जना ले आफु नगर प्रमुखको उम्मेदवार रहेको दाबि गरेका छ्न भने दुबै जना ब्याक हुने मनस्थिति नभएकाले एमाले लाइ उम्मेदवार छान्न सकस परेको छ नेकपा एमाले सप्तकोसी नगरकमिटि सर्बसहमत एक जना मात्र उम्मेदवार को नाम सिफारिस गरेर माथि पठाउने कसरत मा रहेको नेकपा एमाले नगरकमिटि सदस्य शिब प्रसाद आचर्य ले जानकारि दिए।यसैगरी नेपाली काँग्रेसबाट गत स्थानीय तह निर्वाचन मा मेयरपदमा पराजय भोगेका कृष्ण ढकाल ,अशोक चौधरी र चन्द्र शेखर चौधरी गरि ३ जनाले मेयर पदको उम्मेदवारी दाबि गरिरहेका छ्न ।नेपाली काङ्ग्रेसमा ३ जनाले उम्मेदवारी दाबि गरेपछि नगरकमिटि सर्बसहमत एक जनाको नाम सिफारिस गर्ने कसरत मा लागेको स्थानीय नेता गणेश पौडेल ले बताए।एमाले नेपाली काङ्ग्रेस मा मात्र हैन नेकपा माओवादी केन्द्र पनि तेस्तै किचलो रहेको छ २०७४ को स्थानीय तह निर्वाचन मा मेयरका प्रत्यासि ध्रुब कार्की ,शम्भु बहादुर खडका , रबिन्द्र चौधरी गरि ३ नै जना ले मेयर पदमा आआफ्नो दाबि गरेर पछि नहटेका ले कस्को नाम सर्बसहमत सिफारिस गर्ने भने मा सकस भएको र निरन्तर छलफल भै रहेको नगर कमिटी सदस्य राजकुमार के शि ले बताए।सप्तकोसी मा नगर प्रमुख पदमा मात्रै हैन वडा अध्यक्ष वडा सदस्य पद मै सर्बसहमत उम्मेदवारी छनौट गर्न दल हरुलाइ सकस परेको छ। स्थानीय तहमा निर्बाचित जनप्रतिनिधि हरुलाइ राज्यले सेबा सुबिधा उपलब्ध गराउने भएका ले पनि पार्टी का नेता कार्यकर्ताहरु उम्मेदवारी बनि निर्बाचित भै सेबा सुबिधा लिने होडमा एउटै पदमा धेरै जनाको उम्मेदवारी पर्ने गरेको स्थानीय धर्म बहादुर खत्री ले बताए। एकीकृत समाजबादि बाट हाल वडा न १ का वडाअध्यक्ष नारायण प्रसाद आचर्यको नाम चर्चा मा छ भने जसपा बाट पार्टीका नगर अध्यक्ष राम कुमार यादव, पूर्व जिल्ला सदस्य दीप नारायण साह र नगर उपाध्यक्ष कमल नारायण साहले आफ्नो उम्मेदवारी दाबि गरेका छ्न।
सप्तकोसी नगरपालिकामा निर्वाचनको मिति २८ दिन मात्र बाँकी हुँदा चुनावी सदगर्मी बढेता पनि कुनै दल ले आफ्नो उम्मेदवार घोषणा गर्न सकेका छैनन् ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १५ गते अन्तिम नामावली प्रकाशनको तयारी गरेका छन् भने ३० गते मतदानको समय तोकेको छ । सप्तकोसी नगरपालिकामा सत्तारुढ नेकपा एमाले, नेपालि काँग्रेस, माओवादी केन्द्र एकीकृत समाजबादि , जसपा बीच प्रतिस्पर्धा हुने स्थानीय नेताहरुले जनाएका छन् । संघिय सरकार गठबन्धन ले निर्माण भएका ले स्थानिय निर्बाचन मा पनि गठबन्धन गरेर जाने भन्ने ५ दलिय गठबन्धन को निर्णय भएता पनि स्थानीय तहमा उम्मेदवार भागबन्डा मिलाउन नसकेका कारण सप्तकोसी मा गठबन्धन को सम्भावना न्युन हुदै गएको नेता हरु को भनाइ छ।सप्तकोसी मा गठबन्धन भए एमाले बाहेक नेपाली काङ्ग्रेस , केन्द्र ,एकीकृत समाजबादि जसपा बिच गठबन्धन हुने देखिन्छ यसरि गठबन्धन भए सप्तकोसी मा गठबन्धन लाइ उम्मेदवार छान्न झन सकस पर्ने देखिन्छ ।



