बेलका मा एकै परिवारका तीन जनाको हत्या


फत्तेपुर/ उदयपुरको बेलका नगरपालिका ७ मैनामैनि मा शुक्रवार एकै परिवारका तीन जनाको हत्या भएको छ ।
बेलका नगरपालिका–७ मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजनको खुकुरी प्रहार गरी सामुहिक हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले बेलका नगरपालिका ६ वरबोटेबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४० वर्षे नरबहादुर बस्नेत रहेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ।
मृतक को शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा देखिएपछि स्थानीयबासीले प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय रामपुरको टोलि घटना स्थलमा पुगेको थियो ।
आरोपी नाताले मृतककै दाइ रहेको स्थानीयले बताएका छन । हत्या गर्नुको कारण बारे अहिलेसम्म खुलेको छैन् ।

Facebook Comments Box

