आगामी निर्वाचनपछि एमालेले सरकारको नेतृत्व गर्छ नेता :- भट्टराई


फत्तेपुर/ सप्तरीको कंचनरुप मा आयोजित कार्यक्रम मा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिव एवम् पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले आगामी निर्वाचनपछि नेकपा एमालेले सरकारको नेतृत्व गर्ने बताएका छन् ।
सप्तरीको बलुवामा सोमबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कंचनरुप नगरसमितिले आयोजना गरेको जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी मंसिर ४ को निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन हुने दावी गरे ।


नेकपा एमाले धार्मिक ,साँस्कृतिक धरोहर र सम्पदाको विकास गर्दै समृद्ध राष्ट्र निर्माणको महाअभियानमा जुटेकाले देश विकास गर्न एमालेको नेतृत्वको सरकार आबश्यक छ, एमाले मंसिर ४ पछि सरकारमा फर्किने दाबि गर्दै सप्तरी बासीको योगदानको कदर गर्दै नेता भट्टराईले आगामी मंसिर ४ गतेको निर्वाचनमा सप्तरीमा नेकपा एमालेका सम्पुर्ण उम्मेदवारहरुलाई विजयी गराए मात्र समग्र सप्तरीको बिकास हुने भएका ले बिजय गराउन आग्रह गरे । भट्टराईले थारु समुदायले मान्ने जितिया पर्व राष्ट्रिय पर्वको रुपमा विकास भएको बताए । जितिया पर्व मधेश, पहाड, हिमालमा बसोबास गर्ने सबै जातजातीले मान्ने गरेकाले राष्ट्रिय रुपमा विकास भएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवम् नेकपा एमाले केन्द्रिय सदस्य पासाङ शेर्पाले अधिकार सुनिश्चितताको लागि आदिबासी जनजातीहरु एमालेमा गोलबद्ध हुनुपर्नेमा जोड दिए । नेकपा एमालेले मात्र आदिवासी जनजातिको पहिचान र अधिकार स्थापित गर्न सक्ने जिकिर गर्दै शेर्पाले आदिबासी जनजातिहरुको हक अधिकार सम्बोधन गराउन आदिवासी जनजाति समुदायलाई एमालेमा आउन आग्रह गरे ।
नेकपा एमाले नेता नेतृत्वमा नहुँदा आदिबासी जनजाति आन्दोलन कमजोर भएको टिप्पणी गरे । अहिलेसम्म प्राप्त अधिकार एमालेको सरकारको देन भएको बताउँदै शेर्पाले थप अधिकार प्राप्तिका लागि सम्पुर्ण आदिवासी जनजाति समुदायहरु नेकपा एमालेमा आबद्ध हुनुपर्नेमा जोड दिए। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कंचनरुपका अध्यक्ष जयालाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सह–ईन्चार्ज राज कुमार लेखी, प्रदेश सदस्यहरु देव नारायण चौधरी, वसन्त कुमार मिश्र, उत्तम गौतम, आशा चौधरी, कल्पना चौधरी, रामनारायण यादव, गेनालाल यादव, महेश चौधरी, गंगा चौधरी, इन्द्र कुमार चौधरी, विश्वनाथ यादव, जगदीश प्रसाद साह, अशोक यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह, अग्निसाईर कृष्णासवर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डल, डाक्नेश्वरी नगरपालिकाकि उपप्रमुख मिरा यादव लगायतको उपस्थिति रहेको थियोे ।कार्यक्रम मा विभिन्न पार्टी परित्याग दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छ्न नब प्रबेशिहरु लाइ पार्टी सचीव योगेश भट्टराईले टिका लगाएर स्वागत गरेका थिए।

