कञ्चनरुप । सप्तरीको कञ्चनरूप नगरपालिकामा ६ जनामा डेंगुको संक्रमण देखिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा १० जनाको चेकजाँच गर्दा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
बिहिवार अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय पुरुषमा डेँगु देखिएको हो । त्यस्तै भदौ २४ गते कञ्चनरूप वडा नम्बर ११ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का २४ वर्षीय पुरुष र वडा नम्बर ८ का १७ वर्षीय बालकमा डेंगु देखिएको हो ।
२६ गतेको चेकजाँचमा २ जना डेँगु देखिएको थियो । कञ्चनरुप वडा नम्बर ८ का २६ वर्षीय पुरुष र वडा नम्बर ११ का ६५ वर्षीय पुरुषमा समेत डेंगुको संक्रमण देखिएको छ ।
सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र तीन दिनमा सङ्क्रमितहरुका प्लेटलेट रिर्पोट भईरहेको अस्पतालले जनाएको छ ।

Facebook Comments Box