फत्तेपुर/आठौ संविधान दिवसको अबसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर मा सोमबार बेलुका दिपप्रज्वलन गरेको छ।
ने क पा ( एमाले ) सप्तकोसी नगर कमिटी द्वारा आयोजित दिपप्रज्वलन कार्यपत्र मा बोल्दै प्रमुख अतिथी ने क पा एमाले का मधेस प्रदेस कमिटी सदस्य उत्तम गौतम ले बर्तमान गठबन्धन को सरकारलाई बिदेसीको कठपुतली को सङ्ग्या दिए। जनतालाइ राहत दिनु को सट्टा सरकार महङी बढाउन तर्फ उद्वत रहेको बताए। देश मा भ्रष्टाचार ,मनपरी तन्त्र बढ्दै जानू ले जनताले दुख पाएको बताउदै अब जनताको मुक्ती को लागि पुन देश मा एमाले सरकार को आबश्यकता रहेको बताए।
कार्यक्रम मा पार्टिका नगरकमिटी का सदस्य हरु वडा कमिटी का सदस्य हरु ,निर्वाचित जनप्रतिनिधि हरु, जनबर्गिय संगठन का पदाधिकारी , अनेम संघ ,युवा संघ ,रिटर्नी नेपाल कि केन्द्रिय सदस्य सरिता चौधरी ,किसान महासङ ,प्रेस चौतारी ,बुद्धिजिबि परिषद लगायत का कमिटी सदस्य हरुको सहभागीता रहेको थियो। कार्यक्रम पार्टिका नगरकमिटि सदस्य पारस दाहाल को अध्यक्षता मा भएको थियो।

Facebook Comments Box