सप्तरीमा पहिचान नखुलेको एक युवकको शव फेला


कञ्चनरुप, ४ असोज । सप्तरीमा आज (मंगलबार) पहिचान खुल्न नसकेको एक युवकको शव फेला परेको छ । सप्तरीको बिष्णुपुर गागाउँपालिका वडा नम्बर ६ स्थित नहरदेखि २ सय मिटर पश्चिम साईडमा नहरले बगाएर ल्याएको अवस्थामा अन्दाजी २५ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
पानीमा उतानो परेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

