फत्तेपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सप्तरी आउने हुनु भएको छ ।
बृहत आम सभालाई सम्बोधन गर्न जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा उहाँ आउन लाग्नु भएको हो ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलका अनुसार अध्यक्ष ओली आगामी असोज १५ गते सप्तरी आउने कार्यक्रम रहे छ ।
उहाँ आएर पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको नेता प्याकुरेलले बताउनु भयो ।

Facebook Comments Box