फत्तेपुर / तार किसन यादवको अध्यक्षता मा १५ सदस्य रिटर्नी फेडेरेसन नेपाल सप्तकोसी नगर कमिटी बुधबार गठन भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका–४ मा आयोजित कार्यक्रममा नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नी फेडेरेसन नेपाल वैदेशिक रोज़गार वाट फर्केका युवायुवतिहरुको सप्तकोसी नगरपालिकाको प्रथम भेलाले तारकिसन यादव को अध्यक्षतामा १५ सदस्य रिटर्नी फेडेरेसन नेपाल सप्तकोशी नगर कमिटी गठन गरेको छ । रिटर्नी फेडेरेसन नेपाल कि केन्द्रिय सदस्य सरिता चौधरी को अध्यक्षता तथा नेकपा एमाले पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नगर कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष, सचिव, सह–सचिव, र कोषाध्यक्षमा क्रमश : होम प्रसाद आचार्य ,गुणराज सापकोटा ,जय प्रकास शाह,आशा सदा रहेका छ्न ।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय सदस्य सरिता चौधरीले सपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रम मा नेकपा एमाले पोलिट्ब्युरो सदस्य सुमराज प्याकुरेल ,केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज दिवाकर देबकोटा , केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला सह इन्चार्ज राजकुमार लेखि प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा सप्तकोसी नगरकमिटि अध्यक्ष पारस दहाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य मनिष श्रेष्ठ रिटर्नी फेडेरेसन नेपाल मधेस प्रदेश अध्यक्ष रुद्र खतिवडा लगायतले बोलेका थिए।

Facebook Comments Box