सार्बजनिक स्थलमा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइँदै सप्तकोसी नगरपालिका


फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिका मा सार्बजनिक सडक , पेटि तथा हाट बजार अतिक्रमण गरि निर्माण गरिएका संरचना नगरपालिका ले बुधबार देखि हटाउन शुरु गरेको छ। नगरपालिका भित्र रहेका सार्वजनिक सडक पेटि हाट बजार अतिक्रमण गरि निर्माण गरिएका संरचना खाली गर्न दोस्रो पटक ७ दिने सूचना जारी गरिएता पनि अटेर गरि समयमा संरचना नहटाएकाले सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर बजार मा अतिक्रमण गरि निर्माण गरिएका संरचना नगरपालिका ले हटाउन शुरु गरेको छ।
कंचनपुर-फत्तेपुर सडक खण्ड अन्तर्गत फत्तेपुर बजारमा नगरपालिकाले अतिक्रमण गरि बनाइएकाे संरचना भत्काउन शुरू गरिएको सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद ढकाले जानकारी दिए।
सप्तकोसी नगरपालिकाले एक साताअघि भाद्र २९ गते दोस्रो पटक ७ दिने सूचना जारी गर्दै नगर भित्र रहेका सडक पेटि हाटबजार लगायत सार्बजनिक स्थलमा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको थियो ।



