फत्तेपुर / प्रेस चौतारी नेपाल सप्तरी शाखाको अध्यक्षको जिम्मेवारी कार्यसमिति उपाध्यक्ष डम्बर राइ लाइ दिइएको छ। प्रेस चौतारी नेपाल सप्तरी शाखाको सातौ जिल्ला अधिबेशन बाट निर्बाचित अध्यक्ष खगेन्द्र कार्की प्रेस चौतारी नेपालको नबौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्बाचित भए पछि रिक्त रहेको जिल्ला अध्यक्ष पदमा शनिबार बसेको प्रेस चौतारी सप्तरी शाखाको बैठक ले उपाध्यक्ष डम्बर राइ लाइ जिल्ला अध्यक्ष को जिम्मेवारी दिने निर्णय गरेको छ भने सोहि बैठक को निर्णय अनुसार शाखाका दुइ सह सचीव मधेस प्रदेश कमिटी मा निर्बाचित भइ रिक्त रहेको सह सचिब पदमा कार्य समिति सदस्य उत्सब आचर्यलाइ सह सचिबको जिम्मेवारी प्रदान गरेको छ। उपाध्यक्ष डम्बर राइको अध्यक्षता मा बसेको जिल्ला कमिटी को बैठक मा नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देबकोटा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य बसन्त मिश्र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की प्रेस चौतारी मधेस प्रदेश कमिटी महिला उपाध्यक्ष अर्चना परियार सदस्य पिन्टुकुमार यादव लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments Box