खगेन्द्र कार्की ,फत्तेपुर/उदयपुर को चौदण्ढि गढि नगरपालिका बर्खेडाडा मा जारि नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता को ८ औं सस्करण आइतबारदेखि देखि शुरु भएको छ।
बसाह फुटबल क्लबको आयोजना मा चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा संचालित प्रतियोगितामा ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजक कमिटी का सदस्य लाखमान राइले जानकरी दिए । प्रतियोगिताको आइतबार भएको चारतारे फुटबल क्लब मोरङ र गोर्खा व्वाइज स्पोटर्स रुपन्देही बिचको उद्घाटन खेलमा खेल शुरु भएको २१ औं मिनेटमा चारतारे फुटबल क्लब मोरङ का तर्फबाट जर्सि न १० का भुवन बस्नेतले एक गोल गरि टिमलाई १-० को अग्रता दिलाएका थिए । हाल्प टाइम पछिको निर्धारित समय सकिन ४ मिनेट बाकि रहदा मोरङ को तर्फबाठ बस्नेत ले थप एक गोल गरि मोरङले बिजयि शुरुवात गरेको छ।
आयोजक कमिटीका संयोजक भुपेन्द्र राइको अध्यक्षता मा भएको कार्यक्रमको उद्घाटन चौदण्ढिगढि नगरपालिका का नगर प्रमुख कालु लामाले गरेका थिए। प्रतियोगिताको दोस्रो खेल सोमबार गोर्खा स्पोर्टिङ क्लव झापा र भोजपुर फुटबल संघ बिच हुने आयोजक कमिटीका सदस्य दिपक राउतले जानकारी दिए। नारद मनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता मा एक विदेशी क्लव एभिनीयर क्याम्रुनसहित चारतारे मोरङ, गोर्खा व्वाइज स्पोटर्स रुपन्देही, चर्ज व्वाईज क्लब काठमाण्डौ, गोर्खा स्पोर्टिङ क्लव झापा, भोजपुर फुटबल संघ, डिटिसी सुनसरी र आयोजक बसाहा फुटबल क्ल्बले सहभागिता जनाएका छ्न।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु ४ लाख र २ लाख रुपैया र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

Ad
Facebook Comments Box