नारदमुनी थुलुङ स्मृति गोल्डकपको दोस्रो खेल मा झापालाइ हराउँदै भोजपुर बिजयि


खगेन्द्र कार्की ,फत्तेपुर/उदयपुर को चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडा मा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता को सोमबार भएको दोस्रो खेलमा झापालाइ ट्राइबेकरमा हराउदै भोजपुर बिजयि भएको छ।
चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा सोमबार गोर्खा स्पोर्टिङ क्लव झापा र भोजपुर फुटबल संघ बिच भएको खेलमा खेल शुरु भएको १६ औं मिनेटमा भोजपुरको तर्फबाट जर्सि न १० सन्तोष तामाङले एकगोल गरि टिम लाइ अग्रता दिलाएका थिए ।एक सुन्य गोलले पछि परेको झापाको तर्फबाट खेल शुरु भएको २७ औं मिनेटमा जर्सि न १४ गिल्सन लिम्बूले एक गोल फर्काइ टिमलाइ बराबरी मा पुर्याएका थिए।निर्धारित समयमा दुबै टिम बाट कुनै गोल हुन न सकेपछि पेनाल्टी सुट आउटको आधारमा खेल निर्णय गरिएको थियो पेनाल्टी सुट आउटमा ५-३ को अन्तरले झापालाइ हरादै भोजपुर बिजयि भएको नआयोजक समितिका सदस्य दिपक राउतले जानकारी दिए। मङलबार हुने तेस्रो खेल आयोजक बसाह र चर्ज व्वाईज क्लब काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ। नारद मनि थुलुङ स्मृति गोल्डकप प्रतियोगिता मा एक विदेशी क्लव एभिनीयर क्याम्रुनसहित चारतारे मोरङ, गोर्खा व्वाइज स्पोटर्स रुपन्देही, चर्ज व्वाईज क्लब काठमाण्डौ, गोर्खा स्पोर्टिङ क्लव झापा, भोजपुर फुटबल संघ, डिटिसी सुनसरी र आयोजक बसाहा फुटबल क्ल्बल गरि ८ वटा टिम ले सहभागिता सहभागिता जनाएका छ्न।
प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु ४ लाख र २ लाख रुपैया र ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ।

