दिलिप कुमार साह,राजविराज / सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर –३ बाट अबैद्य चाँदीको गरगहना सहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको शिवसतासी नगरपालिका वडा नम्बर– २ बस्ने २५ बर्षीय करण लोहार र सोही स्थनका ३५ बर्षीय मणि प्रसाद विश्वकर्मालाई आइतबार अबैद्य चाँदीको गरगहनासहित प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गर्दा उनीहरुले बोकेको झोला चेकजाँच गर्दा तयारीका चाँदीको औंठी, काडा, व्राईसेट, वाला गरी १३ किलो ९ सय ५५ ग्राम गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफलेले जनाएको छ । उक्त गरगहनाको मुल्य १४ लाख ११ हजार ७ सय ७ रुपैया रहेको प्रहरीले अनुमान गरेको छ ।
पक्राउ परेका दुबै जनालाई गरगहनासहित आबश्यक कारबाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।

Facebook Comments Box