दिलिप कुमार साह,राजबिराज / जनता समाजवादी पार्टी निकट जनवर्गीय संगठनद्वारा सप्तरीको राजविराजमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जसपाका जनवर्गीय संगठनद्वारा राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो।
राजविराज स्थित शिव मन्दिरको प्रङ्गणबाट निकालिएको विरोध जुलुस राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारा लगाउदै राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए । संविधान उल्लंघन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामाको माग गर्दै कठपुतली राष्ट्रपति भण्डारी मुर्दावाद, नागरिकता ऐन सम्बन्धि विधेयक प्रमाणीकरण गर, महिला, विद्यार्थी युवा लगायतका सम्पुर्ण उत्पीडित समुदाय एक होऔं लगयातका विभिन्न नारा लगाउँदै राष्ट्रपति विरुद्ध उत्रिएका महिला, युवा विद्यार्थीहरुले जनआन्दोलन चौक पुगेर राष्ट्रपति भण्डारीको पुतला दहन गर्रेका छन् ।
राष्ट्रपति भण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी समेत भएको थियो । जलाईरहेको पुतला प्रहरीले खोस्ने क्रममा विद्यार्थी नेता शिवम यादव र महिला नेत्री उषा देवी यादव घाईते भएका छ्न । उहाँहरको हात र पाखुरा जलेको समाजवादी युवा संघका केन्द्रिय सचिब विशाल यादवले जानकारी दिनुभयो ।

Facebook Comments Box