८ औं नारदमुनी थुलुङ स्मृति गोल्डकपमा आयोजकलाइ हराउँदै काठमाडौ सेमिफाइनल प्रवेश

खगेन्द्र कार्की ,फत्तेपुर/उदयपुर को चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडा मा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजक बसाहालाइ हराउदै काठमाडौ सेमिफाइनल प्रवेश गरेको छ
चौदण्ढि गढि नगरपालिका ४ नारद मनि थुलुङ स्मृति रंगशालामा मङलबार आयोजक बसाह र चर्ज व्वाईज क्लब काठमाडौ बिच भएको तेस्रो क्वाटरफाइनल खेलमा ट्राइवेकर मा आयोजकलाइ हराउदै काठमाडौ सेमिफाइनल प्रवेश गरेको छ। दुबै टिम बाट निर्धारित समयमा कुनै गोल हुन न सकेपछि ट्राइवेकरमा खेलको निर्णय गरिएको थियो ट्राइवेकरमा ५-४ को अन्तरले आयोजक बसाहलाइ हरादै काठमाडौ सेमिफाइनल प्रवेश गरेको आयोजक समितिका सदस्य दिपक राउतले जानकारी दिए। अन्तिम क्वाटर फाइनल बुधबार विदेशी क्लव एभिनीयर क्याम्रुन र डिटिसी सुनसरी बिच हुने आयोजकले जनाएको छ। यस अघि चारतारे मोरङ,र भोजपुर फुटबल संघ सेमिफाइनल प्रबेश गरि सकेका छन। प्रतियोगिता मा एक विदेशी क्ल्ब सहित ८ वटा टिम ले सहभागिता जनाएका छ्न।
प्रतियोगिताको विजेता उप विजेता टिमले क्रमशः नगद रु ४ लाख र २ लाख रुपैया र ट्रफी मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

