आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकपमा सुनसरीलाइ हराउदै क्याम्रुन बिजयि


खगेन्द्र कार्की ,फत्तेपुर/उदयपुर को चौदण्ढि गढि नगरपालिका ४ बर्खेडाडा मा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता मा डिटिसि सुनसरी लाइ हराउदै बिदेशी टिम एभिनीयर क्याम्रुन सेमिफाइनल प्रवेश गरेको छ।
नारद मनि थुलुङ स्मृति रंगशालामा बुधबार बिदेशी टिम एभिनीयर क्याम्रुन र डिटिसि सुनसरी बिच भएको अन्तिम क्वाटरफाइनल खेलमा निर्धारित समय सकिन ५ मिनेट बाकी रहदा जर्सि न ७ का बिदेशी खेलाडी अबदुला ले एक गोल गरि सुनसरी लाइ १-० गोल अन्तरले हराउदै क्याम्रुन सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिता को पहिलो सेमिफाइनल खेल बिहिवार चारतारे मोरङ,र भोजपुर फुटबल संघ बिच हुने आयोजक ले जनाएको छ। प्रतियोगिता मा एक विदेशी क्ल्ब सहित ८ वटा टिम ले सहभागिता जनाएका छ्न।
प्रतियोगिताको विजेता उप विजेता टिमले क्रमशः नगद रु ४ लाख र २ लाख रुपैया र ट्रफी मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।


