१५ गते हुने नेकपा एमालेको आम सभाको सम्पुर्ण तयारी पुरा


फत्तेपुर/ सप्तरीको कंचनरुप नगरपालिका १२ स्थित धरमपुरमा १५ गते हुने नेकपा एमालेको विशाल आमसभाको सम्पूर्ण तयारी पुरा भएको छ ।
धरमपुरमा शुक्रबार राष्ट्रिय यूवा संघ नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले अध्यक्ष केपि ओलि ले सम्बोधन गर्ने आमसभामा ५० हजार जनता उपस्थित हुने आयोजक ले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
नेकपा एमालेको जनबर्गिय संगठन राष्ट्रिय यूवा संघ नेपाल मधेश प्रदेश समितिको आयोजनामा हुने मधेश प्रदेशस्तरीय चुनावी यूवा दस्ता घोषणा तथा आमसभालाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला इञ्चार्ज मनिष श्रेष्ठले जानकारी दिए ।
कन्चरुपमा हुने बृहत जनसभालाई सम्बोधन गर्न नेकपा एमाले नेता महेश बस्नेत, लिलानाथ श्रेष्ठ, प्रभु साह, किरण बस्नेत लगायतका केन्द्रिय नेताहरु सप्तरी आउने कार्यक्रम रहेको राष्ट्रिय यूवा संघ नेपाल सप्तरीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहईन्चार्ज राज कुमार लेखीले धरमपुरमा हुने आमसभाले एमाले प्रतिको जनआकर्षण बढेको संदेश प्रवाह गर्ने उल्लेख गरे । उनले आमसभामा ५० हजार जनता उतार्ने दाबी गरे । कार्यक्रममा स्थानीय आदिवासी जनजाति समुदायको झाँकी प्रदर्शन तथा बिभिन्न जातीय संगठनको पहिचानमा आधारित चर्चित कलाकारहरुद्वारा १ दर्जन बढि गित, संगित र नृत्य प्रस्तुत हुने जानकारी दिए । सो अवसरमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा लगायतका बिभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा एमालेमा प्रवेश गर्ने र सोही कार्यक्रममा उनीहरुलाई जिम्मेवार प्रदान गरिने नेता लेखीले बताए ।
पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटा, मधेश प्रदेश समिति सदस्य कृष्णा कुमार गुप्ता, हिरन्य प्रसाद गुप्ता, जिल्ला सचिव देवनाथ यादव, जिल्ला सचिवालय सदस्य हरिहर बस्नेत, राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य अविषेक गुप्ता, यूवा नेता नेसर अहमद लगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।




