बागी न्युज संवाददाता

धरान, फागुन २८ । किरात राई चाम्लिङहरुको साझा सामाजिक संस्था किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलन धरानमा शुरु भएको छ ।

धरानको भानुचौकमा शुरु भएको सो सम्मेलनको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री राईले प्रदेश नं. १ को नाम सभ्यता र पहिचानका आधारमा राखिने बताउनुभयो । पछिल्लो समय कोशी नाम चर्चामा आएको प्रति लक्षित गर्दै उहाँले कोशी कुनै सभ्यता नभएको बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुर्व आएका बेला प्रदेशको नाम कोशी उपयुक्त हुने तर्क गरेपछि प्रदेश १ को नामको बहस केही चुलिएका बेला मुख्यमन्त्री राईले ओलीप्रति लक्षित गर्दै कसैले भन्दैमा वा चाहदैमा कोशी प्रदेश हुन नसक्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रदेश सभाका सभामुख प्रदिप भण्डारी, सभासद लगायतको सहभागीता रहेको थियो । उद्घाटन अघि सम्मेलनमा सहभागीहरुको एक ¥यालीले धरान नगर परिक्रमा गरेको थियो । चाम्लिङ भाषालाई प्रदेशको स्थानिय भाषा बनाउनुपर्ने मुख्य माग सहित आयोजित सम्मेलन आगामी तीन दिनसम्म जारी रहनेछ । चाम्लिङ भाषा बान्तावा पछि बोलिने दोस्रो ठुलो भाषा हो ।
……………….

Facebook Comments Box