फत्तेपुर बसपार्कको सडक मर्मत तथा धुलो नियन्त्रणको माग गर्दै स्थानीयले गरे सडक जाम


खगेन्द्र कार्की ,
सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ बसपार्क देखि भगवती मन्दिर सम्मको सडक खण्ड मा अत्याधिक धुलो उडेकाले स्थानीय बासिन्दाले सडक मर्मत तथा धुलो नियन्त्रणको माग गर्दै सोमबार सडक जाम गरेका छ।
सप्तकोसी नगरपालिकाको एक मात्र फत्तेपुर बस पार्क रहेता पनि बसपार्क बाट अन्यत्र आवाजावात गर्ने सडक कालोपत्रे उकिएर खाल्डाखुल्डी धुलाम्मे र हिलाम्मे अबस्थामा रहेको छ स्थानीय सरकारले सडक मर्मतका नाममा पिच भत्किएको सडकमा बालुवा छर्कने गरेकाले सडक झन धुलाम्मे भै सवारी साधन आवातजावत गर्दा अत्याधिक धुलो उढि तिहा बस्ने स्थानीय बासी र ब्यापार ब्याबसाय गरेर बस्ने सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले पटक पटक स्थानीय सरकार नगरपालिका र वडा कार्यलयमा सडक मर्मत र धुलो नियन्त्रणका लागि पहल गरि दिन आग्रह गरेता पनि स्थानीय सरकार बाट लापरबाही गरि कुनै पहल नगरे पछि आफ्नो स्वास्थ्य पुर्वक बाच्न पाउने अधिकारको माग गर्दै बाध्य भएर सडक जाम गर्नु परेको स्थानीय जयराम ढुंगाना ले गुनासो गरे। बसपार्क नजिकै मानिसको स्वास्थ्य सम्बन्धि काम गर्ने निकाए स्वास्थ्य चौकी रहेको छ स्वास्थ्य चौकीमा उपचार गर्ने आउने बिरामीहरु स्वास्थ्य चौकी अगाडी उढेको धुलोका कारण झन रोग थपिएर जाने गरेका छ्न भने नजिकै सयौं कलिला बालबालिकाको भबिस्य बोकेको सरकारी बिधालय रहेको छ त्यस बिधालयमा पठान पाठन गर्न आउने सयौं कलिला बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ भने स्वास्थ्य चौकी र बिधालयको बिचैमा स्थानीय सरकार सप्तकोसी नगरपालिकाको एउटा महत्त्वपूर्ण अंग वडा नम्बर १ को वडा कार्यलय छ संगै प्रत्यक्ष जनतालाइ सेवा प्रधान गर्दै आएका बैंक तथा बित्तिय सस्थाहरु रहेका छ्न जहाँ दैनिक सप्तकोसी नगरपालिका लगायत छिमेकी पालिका र छिमेकी जिल्लाबाट सेवा लिन सेवाग्राहीहरु आवातजावत हुन्छ तेहि ठाँउमा दङ्ग दङी धुलो उडेर मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्दा पनि स्थानीय सरकार बेखवर झै रमिता हेरेर बसेका कारण बाध्य भएर जनता सडकमा उत्रनु परेको स्थानीय नवराज खत्रीले दुखेसो पोखे।बर्षौ देखि सडक मर्मत र धुलो नियन्त्रणको माग गर्दा पनि स्थानीय सरकारको ध्यान नगएको ले बाध्य भएर सडक जाम गर्दा पनि किन सडक जाम भयो सडक जाम गर्न हुदैन भनेर न स्थानीय सरकार आयो नप्रहरी प्रशासनको उपस्थित रयो अब यहि अवस्था रहे सडक पुर्णरुपमा बन्द हुने स्थानीय बासिन्दाको भनाइ छ।
फत्तेपुर बसपार्क सडकको दुर्दशा
बर्ष देखि हिउँदमा धुलाम्मे र बर्षा याममा हिलाम्मे सडकको नियति भोग्दै आएका स्थानीयलाई २०७४ सालको स्थानीय तहको निर्वाचन पछि सप्तकोसी नगरपालिकाको ३२ लाख बजेटको लगानीमा नहरको पुलदेखी सहिद स्मृति रंगशाला सम्म सडक कालो पत्रे गरिएको थियो सडकको क्षमता भन्दा ठुला ओभरलोडका सबारी साधनको आवतजावतले गर्दा सडक भत्केर खाल्डाखुल्डी भएका छ्न भने ओभरलोड बोकेका सवारी साधन बाट दिनहु बालुवा झरेर धुलो उढ्ने र सडकमा भएका खाल्डा खुल्डी मर्मतको सट्टा बालुवा छर्केर सडकमा भएका खाल्डाखुल्डी पुरेर सडक मर्मत गरेको देखाउने स्थानीय सरकारको कामले गर्दा स्थानीयको दैनिकी धुलो र हिलोमा बित्दै आएको स्थानीयहरुको गुनासो छ।सडकको क्षमता भन्दा ओभरलोड बोकेका ठुला सवारी साधनका कारण सडकको दुर्दशा हुँदा समेत फत्तेपुर ट्राफिक प्रहरी मौन बसेको देखिन्छ । 


धुलाम्मे सडक संगै स्वास्थ्य चौकी फत्तेपुर
यो समस्या फत्तेपुर बसपार्कको मात्र हैन सप्तकोसी नगरपालिकाको बलार्दह चौक लगायतका स्थानहरुका स्थानीयले यस्तै समस्या भोग्दै आएका छ्न।
बसपार्क यरियाको सडकमा खाल्डाखुल्डी हुन थालेपछि स्थानीय तह निर्वाचन २०७९ सालमा निर्बाचित जनप्रतिनिधिहरुलाइ सडकको समस्याको बारेमा गुनासो राख्दै आएका जनताको गुनासो २०८३ आउदा पनि समाधान हुनुको साटो झन धुलो थपिन्दै गएको देखिन्छ। सम्बन्धित निकायले समयमा मर्मत सम्भारमा गरेको ढिलासुस्ती र लापरवाहीका कारणले सर्वसाधारणले सास्ती खेप्नु परिरहेको स्थानीयहरुको आरोप छ।
बसपार्क सडक खण्डको बिषयमा सप्तकोसी नगरपालिका नगरप्रमुख कृष्णप्रसाद ढकाल संग बुझ्दा राष्ट्रिय मा बि फत्तेपुर देखि बसपार्क सम्मको सडक कालोपत्रे लागि नगरपालिकाले २० लाख बराबरको बजेट बिनियोजन गरि टेन्डर आह्वानको लागि पटकपटक सूचना प्रकाशित गर्दा पनि कुनै पनि निर्माण ब्यबसायले टेन्डर नहाल्दा समयमा निर्माणको काम शुरुहुन नसके बताए। नगरप्रमुखका अनुसार नगरपालिकाले सडक निर्माणको लागि चौथो पटक टेन्डर आह्वानको सुचना प्रकाशित गरिसको बताए । नगरपालिकाको प्राबिधिकले पुरानै दररेट मा लागत स्टिमेट निकालेर सडक कालोपत्रेको टेन्डरको सुचना निकालेकाले पेट्रोलियम पदार्थ लगायतको मूल्य वृद्धि संगै अलकत्र लगायतका सामाग्रीमा भारी मूल्य वृद्धिका कारण सडक निर्माणको काम गर्न कसैले पनि टेन्डर नहालेको एक निर्माण ब्यबसायले बताए । पालिकाले समयमा सडक निर्माणको काम पूरा गराउने तथा सडक निर्माण हुनु अगाडि हुने गरेको धुलो र प्रदूषण नियन्त्रणका लागि उपाय अवलम्वन गरी जनतालाई सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ ।



