सुनसरी । प्रतिनिधिसभाको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन एवं नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
चौधरीले ४० हजार ७ सय ८८ मत पाएर विजयी हुँदा गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत मात्र ल्याए ।

Facebook Comments Box