फत्तेपुरमा भट्टराई बन्दुहरुको कुलपुजा सम्पन्न


सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा बिहिवार भट्टराई बन्दुहरुको कुलपुजा देवालि सम्पन्न भएको छ।
सप्तरीको सप्तकोसी नगरपालिका –१ फत्तेपुरमा अवस्थित प्रसिद्ध भट्टराई कुलपुजा घरमा भट्टराई बन्दु र अन्य भाकले हरुको एक रङे सेते र कालो गरि करिब ५ हजार बोकाको बलि दिएर भट्टराईहरुको कुलपुजा देवालि सम्पन्न भएको छ। भट्टराईको कुल देवतामा भट्टराई बाहेक अन्य जातजाति समुदायको पनि उत्तिकै आस्था रहेको देखिन्छ भट्टराईको कुलमा भाकल गरेपछि मनमा चिताएको पुग्ने र परिवारमा शुखशान्ति मिल्ने गरेको लामो समय देखिकै जनबिश्वास रहदै आएको छ। आफ्नो मनकामना एवं भाकल पूरा भएपछि मात्रै भट्टराईको कुलमा भाकल गरि बलि दिने चलन रहिआएको स्थानीय भानुभक्त भट्टराईले जानकारी दिए उनका अनुसार भट्टराईको कुलपुजा प्रति आस्था राखेर नेपालको विभिन्न जिल्ला र छिमेकी देश भारत बाट समेत भट्टराईको कुल पुजा देवालिका दिन आउने चलन रहेको भट्टराई कुल प्रतिस्ठान सप्तकोसी का संयोजक दयाराम भट्टराईले जानकारी दिए।
प्रतेक तिन तिन बर्षमा हुने भट्टराईको कुलपुजा देवालिमा करिब ५ हजार बोकाको बलि दिएको पुजा आयोजक समितिका सदस्य नारद भट्टराईले जानकारी दिए।

