कञ्चनरूप, १७ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित गाईघाट–कदमाहा सडक खण्डबाट स्रोत नखुलेको रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, दमक–५ बस्ने वर्ष २८ का किरण सिटौला र सोही ठाउँका १९ वर्षीय धिरज प्रसाई रहेका छन् ।

कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको हाइलक्स गाडीलाई चेकजाँच गर्ने क्रममा २३ लाख रुपैयाँ, विभिन्न इलेक्ट्रोनिक उपकरण बरामद भएको हो ।

प्रहरीले उनीहरू सवार गाडीबाट साइकल हावा पम्प १०० थान, इलेक्ट्रिक रिक्साको मोटर ३ थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री ३ थान, ब्याट्री चार्जर ७ थान, ब्याट्री टेस्टर १ थान बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई बैक तथा वित्तीय संस्था कसुरमा सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रबक्ता डम्बर बहादुर पुरीले जानकारी दिनुभयो  ।

 

Facebook Comments Box