एमाले सप्तरी क्षेत्र नम्बर १ काे क्षेत्रिय कमिटीको बैठक सम्पन्न



उत्सव आचार्य
कञ्चनरूप , १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) सप्तरी निर्वाचन क्षेत्र नम्बर १ काे क्षेत्रिय कमिटीको बैठक सम्पन्न भएकाे छ ।


सोमबार कञ्चनरूप नगरपालिका ९ रूपनगर स्थित फूलवारी पार्टी प्यालेसमा जिल्ला अध्यक्ष ताराकान्त चाैधरीकाे अध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै नेता प्याकुरेलले अहिले देश दलदलमा फसि रहेको बेला एमालेका नेता कार्यकर्ताले टुलुटुलु हेरेर बस्ने बेला होइन , रास्ट्रलाई संकटबाट मुक्त गर्न र पार्टीलाई देशी विदेशी शक्तिहरूको घेराबन्दी बाट मुक्त गर्न पार्टीका सवै तह र तप्कामा रहेका सिपाहीहरु एक जुट भएर अगाडि बढनु पर्ने बताउनु भयो ।



एमालेको सरकारको पालामा भएका राम्रा कामले गर्दा अब नेपालमा बिकासले तिब्रता लिन्छ र अबिकसित रास्ट्रबाट बिकसित रास्ट्र तर्फ अगाडि बढछ भन्ने डरले देशीविदेशी शक्तिहरु एमाले र एमालेको अध्यक्षलाई घेराबन्दीमा पार्न लागि परेको प्याकुरेलले बताउनुभयो ।
केन्द्रिय सल्लाहकार सचिवालय सदस्य सत्यनारायण मण्डल , केन्द्रिय सल्लाहकार गंगा प्रसाद यादव लगायतका वक्ताहरूले पार्टी संगठनलाई सुदृढ बनाउँदै अहिले जेन्जिको नाममा देशीविदेशी शक्तिहरु उक्साहटमा नेपालको अस्तित्व प्रति आच आउने काम भइ रहेको छ त्यसलाई भण्डाफोर गर्दै अगाडि बढन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टी सचीव देवनाथ यादवले कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराउनु भएको थियो ।
केन्द्रिय सर्कुलर अनुसार २२ गते जिल्लाको सबै वडामा वडा भेला , २५ गते सबै पालिकामा पालिका भेला र २९ गते जिल्ला भेला जन प्रदर्शन गर्ने सचीव यादवले बताउनुभयो ।
सोही बैठकले क्षेत्रीय संयोजकमा राजकुमार साह र सचीवमा सरोज राना मगरलाई जिम्मेवारी दिएको छ ।

स्वागत मन्तब्य क्षेत्रीय संयोजक राजकुमार साहले गर्नुभएको थियो भने कार्यक्रम संचालन सचीव सरोज राना मगरले गर्नुभएको थियो ।



