सप्तकोसीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न:१४ स्वर्ण पदक सहित गो बै ज मा बि प्रथम


सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिकामा संचालित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङलबार सम्पन्न भएको छ।प्रतियोगितामा १४ स्वर्ण पदक सहित गोबैज मा बि प्रथम भएको छ।
सप्तकोसी नगरपालिका नगर शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना मा सन्चालित १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मङलबार मा बि ओद्राहाको खेल मैदानमा सम्पन्न भएको छ।
१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जम्मा १ सय ३८ पदकका लागि भएको खेलमा गो बै ज मा बि फत्तेपुर १४ स्वर्ण ,१० रजत र १ काश्य पदक जित्दै प्रथम भएको छ ।
प्रतियोगितामा १० स्वर्ण ,८ रजत र ५ काश्य सहित मा बि ओद्राहा दोस्रो भएको छ । रास्ट्रीय मा बि फत्तेपुर ३ स्वर्ण,७ रजत र १० काश्य सहित तेस्रो भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जय प्रकाश चौधरी ले बताए।
मंसिर २८ गते देखि पुष १ गते सम्म तीन दिन संचालित प्रतियोगितामा सप्तकोसी नगरपालिका भरिका ११ सामुदायिक र १० सस्थागत गरि जम्मा २१ बिधालय का ५ सय २७ बिद्यार्थी ले प्रतिस्पर्धा गरेका थिए।
१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रतियोगिता मा भलिबल,कबड्डी ,हाइ जम्प,लङ जम्प,सर्टपुट, रिले,ज्याब्लिङ थ्रो,लगायत का खेल आयोजना गरिएको थियो ।
प्रतियोगिताका बिजेता उपबिजेता बिधालय तथा खेलाडीहरुलाइ समापन कार्यक्रमका अध्यक्ष सप्तकोसी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुर्सोतम ढकाल, प्रशासन शाखा प्रमुख प्रकाश सुवेदी ,वडा अध्यक्षहरु जाहिर हुसेन देबकान्त गोजेवार, जयराम खङ,डोलेस्वर खडगा,गोसाइ चौधरी लगायतले पुरस्कार बितरण गरेका शिक्षा शाखा प्रमुख चौधरीले जानकारी दिए।

