त्रियुगा बहुमुखी सहकारीको २४ औं बार्षिक साधारणसभा सम्पन्न


सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर मा रहेको त्रियुगा बहुमुखी सहकारी सस्था को २४ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
सप्तरीको साबिक फत्तेपुरमा २०२९ सालमा स्थापना भै सप्तरीको सप्तकोसी नगरपालिकाको ११ वटै वडा र कन्चरुप नगरपालिका को वडा न ६ र ७ लाइ कार्यक्षेत्र बनाइ काम गर्दै आएको सहकारीको २४ औं बार्षिक साधारणसभा सम्ममा महिला पुरुष गरि जम्मा ४ हजार ४ सय ६० जना सेयर सदस्य रहेका छ्न।
आर्थिक बर्ष २०८१/८२ सम्म आई पुग्दा संस्थाको कुल पुजि ८८ करोड १३ लाख ७९ हजार ६ सय ७४ रुपैया रहेको जनाउदै अध्यक्ष चौधरीले यस बर्ष १ करोड ३१ लाख ९८ हजार ८ सय ७३ रुपैया बराबर मुनाफा गर्न संस्था सफल भएको र आगामी बर्ष फाइदाबाट सेयर सदस्यलाई लाभान्स बितरण गरिने बताए । संस्थाले आगामी बर्षको व्यवसायीक कारोबार बजेट रु १५ करोड ३५ लाख १४ हजार रुपैया बराबरको लक्ष्य लिएको भावी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै पशुपालक किसानहरु लाई ध्यान मा राखि विभिन्न ठाउहरु दुग्ध डिपो संचालन गरि किसानहरुलाइ दुग्ध खरिद बिक्री बितरण, मल खाद्य बीउ बिजन,चोकर दुध का विभिन्न परिकार बनाइ बिक्री बितरण गरि उपभोक्ता हरुलाइ सेबा दिदै आएको छ। सेयर सदस्य हरु को माग लाई ध्यान मा राख्दै सहकारीले एम्बुलेन्स सेबा कृषक हरुको लागि खेत जोत्ने ट्याकटर,धान काट्ने मेसिन लगायतको सेवा प्रदान गर्दै आएको छ। सहकारी द्वारा संचालित डिपार्टमेन्ट स्टोर मा खाद्यान्न ,कस्मेटिक,जुस,दुग्ध जन्य पदार्थ लगायत का दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउदै आएको छ। गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गरि सेयर सदस्यहरुलाइ आवश्यकता को आधारमा कर्जा प्रबाह गरि सेयर सदस्य हरु लाई सेबा दिदै आएको सस्था का ब्याबस्थापक दिपक कार्की ले जानकारी दिए।
साधारण सभा मा सस्थाका संचालक समिति अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्ष रहेको कार्यक्रम मा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो।
कार्यक्रममा संस्थाले गत आबको समयमा निधन भएका आफ्ना शेयर सदस्य हरुलाई सामाजिक उत्तरदायित्व अन्तरगत कालगतीमा मृत्यु भएका शेयर सदस्यलाई जनही १५ हजार र दुर्घटनामा परि मृत्यु भएका शेयर सदस्यका परिवारलाई जनही २५ हजार रुपैया प्रदान गर्दै आइरहेकोमा गत बर्ष ३० जनालाई उक्त सेवा प्रदान गरेको बताइएको छ।
कार्यक्रममा नियमित किस्ता बुझाउने ३ जना ॠणी हरुलाई १ प्रतिशत ब्याजमा छुट दिएको छ भने उत्कृष्ट बचत कर्ता दिपेन्द्र कार्की,उत्कृष्ट दुग्ध उत्पादक कृषक फेकुलाल चौधरी ,उत्कृष्ट कर्मचारी सृजना चौधरीलाई सम्मान गरिएको संस्थाका सहायक ब्यब्स्थापक कर्ण भट्टराईले बताए।
सहकारीको २४ औं बार्षिक साधारणसभामा सप्तकोसी नगरपालिकाका निबर्तमान नगरप्रमुख उत्तम गौतम , राष्ट्रिय सहकारी बिकास बोर्डका निबर्तमान संचालक समिति सदस्य शम्भु बहादुर खडका ,सप्तकोसी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोसाइ चौधरी ,फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष पारस दहाल,शेयर सदस्य सन्जीब कटवाल लगाएतले शुभकामना मन्तब्य राखेका थिए।

