सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्था को २० औं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ।
सप्तरीको साबिक फतेपुर,ओद्रहा,कमलपुर,कंचनपुर ,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५६ साल मा स्थापना भएको सहकारीमा १५ सय ६ जना सेयर सदस्य रहेका छ्न ।
सहकारीको बार्षिक साधारणसभा मा २०८२ को एस इ परिक्षा उत्कृष्ट अन्क ल्याइ पास हुने ३ जना सेयर सदस्यका छोराछोरीलाइ नगद प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान र सहकारीमा धेरै सेयर खरिद गर्ने सेयर सदस्य लाइ सम्मान गरिएको थियो।
सहकारीको बार्षिक साधारणसभामा संचालक समिती अध्यक्ष पारस दहालले सस्थाको अध्यक्ष प्रतिबेदन र सस्थाका लेखा समिती संयोजक हरि थापाले सस्था को आ.ब.२०८१/०८२ को ४४ करोड ५९ लाख १८ हजार २ सय ८८रुपैया ७३पैसा बराबर को आय-ब्याय प्रस्तुत गरेका थिए। सहकारीले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै किसान हरु लाई मलखाध बिउबिजन लगायतका सेवा उपलब्ध गराइ सहयोग गर्दै आएको सहकारीले कृषकहरुको सुबिधा लाइ ध्यानमा राखि सहुलियत उपलब्ध गराउदै सिमेन्ट खाना पकाउने ग्यासको समेत सेवा दिदै आएको छ ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गर्दै सेयर सदस्यहरुला बचत तथा सहुलियत कर्जाको सेवा दिदै आएको सस्था का ब्याबस्थापक दयाराम भट्टराईले ले जानकारी दिए ।

“मर्यादित श्रम र पर्यटनका लागि सहकारी” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभा सस्थाका संचालक समिति अध्यक्ष प्रेमकुमार दहाल (पारस) को अध्यक्षता मा र नेपाल सरकार पुर्व खेलकुद मन्त्री सत्यनारायण मन्डलको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो।साधारणसभा को उद्घाटन कार्यक्रममा बोल्दै मन्डलले भने सामाजिक तथा आर्थिक रुपान्तरणमा सहकारी संस्थाहरुले अहम भूमिका निर्वाह गरेको बताएका छन्। कार्यक्रममा बोल्दै निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्माले सामाजिक क्षेत्रमा सहकारी संस्थाहरुले महत्त्वपूर्ण योगदान दिएको बताउदै स्थानीय सरकार सहकारी संग सहकार्य गरेर जानु पर्ने र सहकारीको माध्यमले धेरैले रोजगारी पाउनुको साथै सर्वसाधारणहरुको जीवनस्तर उक्सेको बताए  सहकारीले गरिबी र बेरोजगारी समस्या केही हदसम्म न्यूनीकरणमा मद्दत पुगेको र सहकारी संस्थाहरुको विकास र ब्यबस्थापनका लागि सदैब सरकारले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा सहकारी समन्वय संघ सप्तरीका अध्यक्ष बिश्वनाथ न्यौपाने, राष्ट्रिय सहकारी बोर्डका पुर्व संचालक समिति सदस्य शम्भु बहादुर खडका त्रियुगा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Facebook Comments Box