सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर मा रहेको मनकामना बहुमुखी सहकारी सस्था को १७ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

सप्तरीको सप्तकोसी नगरपालिका र कंचनरुप नगरपालिका को फतेपुर,कंचनपुर ओद्राहा,कमलपुर,पिप्रापुर्ब,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५७ साल मा स्थापना भएको सहकारीमा ५ सय ५४ जना सेयर सदस्य रहेका छ्न। सहकारीको १७ औं बार्षिक साधारणसभा मा सस्था को आ.ब.२०८२/०८३ को १४ करोड २८ लाख ५३ हजार १ सय ५ रुपैया ९ पैसा बराबर को आय-ब्याय सस्थाका ब्याबस्थापक दिपककुमार खड्काले प्रस्तुत गरेका थिए।
सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै किसान हरु लाई दुग्ध खरिद बिक्री,मलखाध,बिउबिजन, चोकर समेतको सेवा प्रदान गर्दै आएको छ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गरि कर्जा प्रबाह गरि सेयर सदस्य हरु लाई सेबा दिदै आएको सस्था का ब्याबस्थापक दिपककुमार खडकाले जानकारी दिए ।

“सहकारीमा सुशासन प्रबिधि र एकीकरण” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारणसभा सस्थाका अध्यक्ष मो नेशार को अध्यक्षता मा र सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल ,राष्ट्रिय सहकारी बोर्डका निबर्तमान सन्चालक समिति सदस्य शम्भु बहादुर खड्का ,फत्तेपुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष पारस दहाल सेयर सदस्य भरत पौडेल लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रम सस्थाका ब्याबस्थापक दिपककुमार खड्का ले सन्चालन गरेका थिए।

Facebook Comments Box