बागी न्युज संवाददाता

Ad

धरान, फागुन २७ । धरान–२ सिंहदेवीचौकमा सञ्चालित नेशनल एकेडेमीमा मन्टेश्वरीका अभिभावकहरुको भेला सम्पन्न भएको छ । नेशनल एकेडेमी प्रदेश नं. १ कै पहिलो र एकमात्र अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र चिन्ह प्राप्त शिक्षण संस्था हो ।

नेशनल एकेडेमी मन्टेश्वरी विभागद्धारा आयोजित सो भेलामा स्कुलमा सञ्चालित विभिन्न कार्यक्रम, उद्धेश्य र आगामी योजनाहरुका बारे प्रष्ट्याईएको थियो । नेशनल एकेडेमी मन्टेश्वरी विभाग प्रमुख शिखा लिम्बुले मन्टेश्वरी शिक्षण पद्धतिबारे स्पष्ट पार्दै नेशनल एकेडेमीमा मन्टेश्वरी शिक्षण र यससम्बन्धमा आगामी योजनाहरुका बारे जानकारी गराउनुभएको थियो ।

एकेडेमीका भाइस प्रिन्सिपल ममता लिम्बुले नेशनल एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पाठका अतिरिक्त व्यवहार र संस्कार पनि सिकाइने भएकोले यस विद्यालय अन्य भन्दा फरक रहेको बताउनुभयो ।

प्रिन्सिपल श्रीशीशा राईले नेशनल एकेडेमीबाट विद्यार्थीहरुले अन्तरराष्ट्रिय गुणस्तरको शिक्षा हासिल गर्ने बताउनुभयो । एकेडेमीको वातावरण, संरचना, जनशक्ति, शैक्षिक गतिविधी आदी सबैलाई मुल्यांकन गरेर आईएसओ प्रमाणीकरण भएकोले यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले गुणस्तरिय शिक्षाका लागि अन्त जान आवश्यक नरहेको बताउनुभयो । भेलामा मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुका अभिभावकहरुको उत्साहजनक उपस्थिती थियो ।
…………….

Facebook Comments Box