जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन । प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेश सांसदको समर्थन सहितदावी पेश गरेका थिए ।
कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेश गर्नका लागि प्रदेश प्रमुख मिश्रले पुस २८ गते भित्र मुख्यमन्त्री सहितको सरकार गठनको लागि दाबी पेश गर्नका लागि आव्हान गरेका थिए ।

Facebook Comments Box