सप्तकोशी, २३ माघ । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ मा सोमबार बिहान एक युवको झुण्डिएको अवस्थामा शव फेला परेको छ । छिन्नमस्ता–६ का २१ वर्षीय महेन्द्र मण्डल घर नजिकैको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
आँपको बगैंचामा मण्डललाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै घटना स्थलमा प्रहरी टोलि पुगेको थियो ।
मृतक मण्डलको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरि परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box