साँकेतिक तस्बिर

सप्तकोशी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा शुक्रबार एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्माहत्या गरेकी छिन् ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारीकी ४० वर्षिया राजु देवी साहले शरीरमा आगो लगाएर आत्माहत्या गरेकी हुन् ।
घरमा कोही नभएको अवस्थामा शौचालय भित्र पसी आफ्नो जिउमा आगो लगाई शौचालय भित्रै जलि उनको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
राजु देवीले आफ्नै शरीरमा आगो लगाउनको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Facebook Comments Box