बोलेरो र स्कारपियो एकापसमा ठक्कर खाँदा दुईको मृत्यु, १२ जना घाइते



सप्तकोसी / सप्तरीको कन्चरुप नगरपालिका ९ मा मङ्गलबार बिहान बोलेरो र स्कारपियो एकापसमा ठोकिदा दुईको मृत्यु र गाडीमा सबार १२ जना घाइते भएका छन् ।
बिहेको घोडा बोकेको प्र २–०२–००१ च ०७४६ नम्बरको बोलेरो पिकअप र यात्री बोकेको बा.१८ च ६६१७ नम्बरको स्कारपियो कञ्चनरुप नगरपालिकामा मङ्गलबार बिहान एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
कञ्चनरुप नगरपालिका–९ बिष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा एकापसमा ठोक्किएको घोडा बोकेको बोलेरो पूर्वबाट पश्चिम र स्कारपियो पश्चिमबाट पूर्वतर्फ जाँदै थियो। मृत्यु हुने सुनसरीको दुहबी नगरपालिका–३ का संजय चौधरीको श्रीमती ४० वर्षीया राजकुमारी चौधरी र सोही उमेरका हरेराम साह स्कारपियोमा सवार रहेको सप्तरीका एसपी नरेन्द्र कार्कीले बताए । बोलेरो पिकअपमा रहेका दुई ओटा घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिदा तत्कालै मृत्यु भएको छ। दुवै गाडीमा सवार १२ जना घाइते भएका छन् । घाइतेहरुको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

