oppo_2

उत्सव आचार्य

कञ्चनरूप, ११ कार्तिक । सप्तरीको कञ्चनरुप–८ स्थित डिठा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर कञ्चनरुप नगरपालिका–९ लदवेदी टोलका ५० वर्षीय सुरज रामको मृत्यु भएको हो ।

राम बिहान करिब ७ बजे लुगा फुकालेर पोखरीको डिलमा राखी पोखरीको बीचतिर पुगी अचानक डुबेर बेपत्ता भएका थिए ।

करिब आधा घण्टाको खोजीपछि उनको शव पोखरीबाट बाहिर निकालिएको थियो ।

प्रहरीका अनुसार मृतकको शव आफन्तहरूको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ ।

Facebook Comments Box