सप्तकोसी /नेकपा एमाले ले शुरु गरिएको मिसन ग्रासरुट कार्यक्रम अन्तरगत सप्तकोसी नगरपालिकाको ११ वटै वाडहरुमा भेला आयोजना गरिने भएको छ ।
नेकपा एमाले सप्तकोसी नगर कमिटिको आयोजनामा मिसन ग्रासरुट अन्तरगत नगर कमिटिको बिस्तारीत बैठक बुधबार सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष पारस दहालको अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य निर्मला देबकोटा विशिष्ट अतिथि केन्द्रिय सदस्य तथा मधेस प्रदेशका न्याय , कानुन तथा संसदिय मामिला मन्त्री राजकुमार लेखि,प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा ,बसन्त मिश्र,कृष्णकुमार गुप्ता,उचितनाराण चौधरी जिल्ला कमिटी सदस्य जाहिर हुसेन,कालुराम बिष्ट लगायत को उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबकोटा ले भनिन नेकपा एमाले अब तल्लो कमिटिमा पुगेर समस्याको पहिचान गरी समाधान गरेर मात्रै अगाडी बढने बताएकि छन ।नेकपा एमाले पार्टी जनताको हरदम सुखदुखमा रहने पार्टी भएको कारण पनि तल्लो तहका कार्यर्ताहरुलाइ भेटेर उनीहरुको सल्लाह सुझाब अनुसार नै अगाडी बढने नेता देबकोटाले बताइन।
उक्त बिस्तारीत बैठक तथा अभिमुखीकरण कार्यक्रमका बिशिष्ठ अतिथि तथा नेकपा एमालेकी केन्द्रिय सदस्य प्रदेश मन्त्री राजकुमार लेखिले भने नेकपा एमाले पार्टीले तल्लो तहबाट नै ब्यापक रुपमा सुदृढिकरण अभियान चलाएर जानु पर्ने बताएका छ्न ।


उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य बसन्त मिश्र,उत्तमकुमार शर्मा लगायतले सप्तकोसीमा पार्टीको अबस्था बारे जानकारी गराउदै पार्टीमा ब्यापक सुदृढिकरण र प्रशिक्षणमुलक कार्यक्रम को आवाश्यकता रहेको बताए।
यसैबिच सो बैठकले नेकपा एमाले सप्तकोसी नगरकमिटि अन्तरगत ११ वटा वाड कमिटिहरुको बैठक तथा भेला राख्ने निर्णय गरेको नगरकमिटि अध्यक्ष पारस दहालले जानकारी दिएका छन ।
दहाल का अनुसार वाड नं. १ मा फागुन २८ गते,वाड नं. २ मा फागुन १८ गते,वाड नं. ३ मा फागुन २५ गते,वाड नंं ४ मा फागुन २४ गते,वाड नंं ५ मा चैत्र १ गते,वाड नंं. ६ मा फागुन २६ गते,वाड नं. ७ मा फागुन २९गते,वाड न. ८ मा फागुन २१ गते,वाड नं. ९ मा फागुन २६ गते र वाड नं. १०मा फागुण २७ गते वडा न ११ मा चैत्र २ गते वाड स्तरीय बैठक तथा भेलाको आयोजना गरिने भएको छ ।
नेकपा एमाले सप्तकोसी नगरकमिटिका अध्यक्ष पारस दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर कमिटीका पदाधिकारीहरु,वडा कमिटीका पदाधिकारीहरु प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटी सदस्यहरु , जनसंगठनका केन्द्रिय कमिटी सदस्यहरु नगर कमिटी का पदाधिकारी ,वडा कमिटी अध्यक्ष निर्वाचित जनप्रतिनिधि तथा वडा अध्यक्ष र सदस्य का प्रत्यासि हरु, पुर्व जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box