सप्तकोसी / नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नी फेडेरेसन नेपालको सप्तरी जिल्ला अध्यक्षमा प्रदिप चौधरी चयन भएका छन। रिटर्नी फेडेरेसनको नेपालको सोमबार सप्तरीको महुली मा भएको प्रथम जिल्ला अधिबेशन बाट प्रदिप चौधरीको अध्यक्षतामा १७ सदस्य रिटर्नी फेडेरेसन नेपाल सप्तरी जिल्ला कार्य समिति गठन भएको छ ।
नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नी फेडेरेसन नेपाल वैदेशिक रोज़गार वाट फर्केका युवायुवतिहरुको जिल्ला अधिबेशन बाट चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। रिटर्नीको जिल्ला उपाध्यक्ष जगधर शाह सचीवमा राम यादव सह सचिब तारकिसुन यादव ,रोशन मण्डल कोषाध्यक्ष मा निरा तामाङ र ११ जना सदस्य रहेको जिल्ला कार्यसमिति चयन गरेको छ। रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला सह इन्चार्ज सरिता चौधरी को अध्यक्षता तथा नेकपा एमाले स्थाइ कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिबेशन बाट जिल्ला कार्य समिति गठन गरेको छ।

Ad

कार्यक्रम मा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मधेस प्रदेशका कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखि,प्रदेश कमिटी सदस्य बसन्त मिश्र,उत्तमकुमार शर्मा ,जिल्ला कमिटी सदस्य लिला थापा मगर,गिता पौडेल ,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य खगेन्द्र कार्की आदिवासी जनजाति महासंघ प्रदेश कमिटी सदस्य बसु चौधरी अनेमा संघ जिल्ला कमिटी सदस्यहरु साबित्रि चौधरी, संगिता चौधरी,संगिता काफ्ले लगायतको उपस्थित रहेको थियो।
नव गठित जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई रिटर्नी फेडेरेसन नेपालकि केन्द्रिय सदस्य सरिता चौधरीले सपथ ग्रहण गराएकि थिइन ।

Facebook Comments Box