सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर मा सहिद दिलिप स्मृति सामुदायिक भवन निर्माण गरिने मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले बताएका छ्न।

सप्तकोशी नगरपालिका १ फत्तेपुरमा सहिद दिलप स्मृति प्रतिष्ठानद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री राजकुमार लेखीले दिलिप स्मृति भवन निर्माणमा आवाश्यक सहयोग गरि सामुदायिक भवन निर्माण प्रतिबद्धता व्यक्त गरेका हुन । अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले राज्यको व्यवस्था परिबर्तनमा सहिद दिलिप चौधरीको ठूलो योगदान रहेको बताए । सहिद दिलिप चौधरीले समाज, देश परिवर्तनका लागि गरेको योगदान महत्त्वपूर्ण रहेको बताउदै मन्त्री लेखीले उनको स्मृतिमा समाजलाई दीर्घकालीन सहयोग पुग्ने कार्यहरु गर्नुपर्नेमा जोड दिए ।
मन्त्री लेखीले सहिदको स्मरणले लोकतन्त्र, प्रजातन्त्र र परिबर्तन पक्षधरको सम्मान हुने विश्वास व्यक्त गरे । उनले सहिद दिलिपले राष्ट्र निर्माणका लागि गरेको बलिदानीको सम्झाना स्वरुप उनको नाम अमर हुने योजना अगाडि बढाउन आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा दिलिप जन्मेको स्थान सप्तकोशी नगरपालिका १ चौधरी टोललाई दिलिपनगर नामाङकन तथा सोही स्थानमा दिलिप स्मृति सामुदायिक भवन निर्माण गर्ने योजना अगाडि सारिएको जनाएको छ ।
सहिद दिलिप चौधरी २०४२ सालको परिबर्तनकारी आन्दोलनमा सहभागी भएको भन्दै राज्यपक्षबाट उनलाई हत्या गरिएको थियो ।

Facebook Comments Box