बागी न्युज संवाददाता

काठमाण्डौ, फागुन ३० । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको औपचारिक भ्रमणमा सोमबार काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानीले स्वागत गर्नुभएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार परराष्ट्रमन्त्री डा नारायण खड्काले समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्ने कार्यक्रम समेत छ ।

दुई देश विचको पारस्पारिक सहयोग र कुटनैतिक सम्बन्धको निरन्तरतामा भ्रमण केन्द्रित हुने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ ।
……….

Facebook Comments Box