काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मतले विजयी भएका छन् ।
काठमाडौँमा शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त गरेका छन् ।
१३ सदस्यीय कार्यसमितिका लागि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमितिमा अधिकांश खड्का प्यानलबाट निर्वाचित भएका छन् ।
खड्का यसअघि काठमाडौँ जिल्ला क्रिकेट सङ्घको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

Facebook Comments Box