भरुवा बन्दुक सहित बेलका नगरपालिका बाट एक महिला पक्राउ



सप्तकोसी /उदयपुरको बेलका नगरपालिका बाट प्रहरीले भरुवा बन्दुक सहित १ जना महिलालाई पक्राउ गरेको छ। बेलका नगरपालिका ४ बाट २ थान भरुवा बन्दुकसहित ४७ बर्षिया दुर्गा बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रुपमा बन्दुक राखेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरले दुर्गालाई शनिवार साँझ घरबाट पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा विश्वकर्माको घर खानतलासी गर्दा घरबाट २ थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
Facebook Comments Box

