कञ्चनरुप । सप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका –१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
मंगलबार दिउँसो १२ः३० बजेको समयमा राजविराज–१२ स्थित ठुलो नहरमा नाम थर वतन नखुलेको तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष ४२ को पुरुष मानिसको शव बेवारीसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पुरुषको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । निजको आफन्त सम्पर्कमा नआएको हुँदा उक्त मृतकलाई पहिचान गर्ने जो कोहि व्यक्ति तथा आफन्तले जिल्ला प्रहरी कार्यालय राजविराज सप्तरीमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

Facebook Comments Box