सप्तकोसी /सप्तरीको साप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर को वडा सभा बुधबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर को वडा सभा बुधबार भगवती मन्दिर को सभाहल मा सम्पन्न भएको छ। आर्थिक बर्ष २०८२/८३ को बिकासिय कार्यक्रम को समीक्षा का साथै आ ब २०८३/८४ को बार्षिक नीति तथा योजना सार्बजनिक गर्दै वडा सभा सम्पन्न भएको छ।

वडा सभामा आर्थिक बर्ष २०८२/८३ को बिनियोजित कुल बजेट मा गरिएको विभिन्न बिकास निर्माण लगायत वडाले गरेका काम तथा भाबी योजनाको बिषयहरुमा माथी छलफल गरिएको थियो।वडा न १ का ११ वटै टोलबिकास समिति बाट आएका सुझाव तथा समस्याहरुलाइ आगामी आर्थिक बर्षमा प्राथमिकताका आधारमा अगाडि बढाइने वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेलले जानकारी दिए।                                     

कार्यक्रम मा सप्तकोसी नागरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल ,उप प्रमुख रिता कुमारी चौधरी नेकपा एमाले नगर अध्यक्ष पारस दाहाल , रा प्र पा नगर अध्यक्ष तुलराम लुइँटेल, संचारकर्मी खगेन्द्र कार्की सप्तकोसी उधोग बाणिज्य संघका अध्यक्ष सुदाश राई टोल बिकास सस्थाका अध्यक्ष लागायतले सुझाव तथा शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box