सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा न २ को वडा सभा आ ब ०८२/०८३ को बार्षिक प्रगति समिक्षा सार्बजनिक गर्दै मङलबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनको अध्यक्षतामा भएको वडा सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका प्रदेश सभा सदस्य तथा निबर्तमान गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीले गरेका छ्न।
वडा सभालाई सम्बोधन गर्दै निबर्तमान मन्त्री लेखीले स्थानीय सरकारले शिक्षालाइ विशेष प्राथमिकतामा राखेर निति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिए ।
मन्त्री लेखीले काम गर्न सकिने मात्र योजनाको निति तथा कार्यक्रम तय गर्न सुझाब दिदै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्न सुझाव दिए।
मधेस प्रदेश सरकारमा आफु गए पछि आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न बिकासका योजना ल्याएकोले योजनाको सहि र पारदर्शी तरिकाले सदुपयोग गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै यो आर्थिक बर्षमा सप्तकोसीका १ देखि ११ वटै वडामा विभिन्न बिकासका योजनाहरु राखिएको बताए।                  कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल निबर्तमान नगर प्रमुख उत्तमकुमार गौतम नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल , राप्रपा तुलाराम लुइँटेल,संचारकर्मी खगेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सप्तकोसी नगरपालिका वडा न २ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न टोल बिकास बाट संकलन गरेका योजना आर्थिक वर्ष २०८३/०८४ को लागि विभिन्न प्राथमिकताका आधारमा अगाडि बढाइने र नगर बाट बिनियोजित वजेटको बार्षिक प्रगति विवरण र मधेस प्रदेशका निबर्तमान गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको पहलमा प्रदेश सरकार र सघिय सरकार बाट प्राप्त योजनाहरुको विवरण सार्वजनिक गर्दै वडा सभा सम्पन्न भएको छ ।

Facebook Comments Box